समाचार
पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय
नेपालको सुदूरपश्चिम क्षेत्र स्थित पूर्वीचाैकी गाउँपालिका सेती अञ्चलको डाेटी जिल्लामा रहेको छ । पूर्वीचाैकी गाउँपालिमा कूल ७ वटा वडा रहेका छन् । ११७.६५ वर्ग कि.मि.को क्षेत्रफलमा फैलिएको पूर्वीचाैकी गाउँपालिकाे भु–आकृतिक स्वरुप खाेलानाला,नदि तथा पहाडी भू–भाग रहेको छ भने यसको पूर्वमा अछाम छ भने पश्चिममा दिपायल शिलगढी न.पा. र उत्तरमा सायल गाउँपालिका रहेको छ । यसको शालाखाला अधिकतम तापक्रम ३2 डिग्री र न्यूनतम तापक्रम १० डिग्री रहेको पाइन्छ । भौगोलिक अवस्थिति यो पूर्वीचाैकी गाउँपालिका मिती २०७३।१२।०१ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णयबाट पूर्वीचाैकी गाउँपालिका रहन गएको हो र यसकाे मूख्य कार्यालय सानागाउ वडा नं. ४ मा रहेकाे छ । साल २०७८ को तथ्याङ्क अनुसार यस गाउँपालिकाको कुल जनसंख्या २२४८३ रहेको छ । प्रमुख चाडपर्व स्थानीय स्तरमा बसोबास गर्ने विभिन्न जात जाती तथा समुदायका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । जस्तैः दशैं, तिहार, होली, गौरा, औल्के, मागे संक्रान्ति, कृष्ण जन्माष्टमि यहाँका प्रमुख चाड पर्वको रुपमा रहेको पाइन्छ । यस गाउपालीका लाइ सुन्दर खप्तड राष्ट्रिय निकुन्जले छाेएकाे छ।
स्थापना : २०७३ साल चैत १ गते
भौगोलिक अवस्थिति कूल क्षेत्रफलः ११७.६५बर्ग कि.मि.
जनसंख्या (२०७८ को राष्ट्रिय जनगणना अनुसार) जम्माः २२४८३
राजनैतिक बिभाजन बिकास क्षेत्र सुदूर पश्चिममा, अंचल सेती, जिल्ला डाेटी,
संसदीय निर्वाचन क्षेत्र नम्बर १, प्रदेश निवार्चन क्षेत्र नम्बर १, वडा संख्या ७
सिमाना पुर्वः पूर्वमा अछाम ,पश्चिममा दिपायल शिलगढी न.पा., उत्तरमा सायल गाउँपालिका
सेवाहरु


- मृतकको नागरिकता
- सूचना दिने मानिसको नागरिकता
- सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने


- नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
- नागरिकता प्रमाणपत्र
- जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
- घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
- सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
- योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
- मुल्याकंन
- गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
- मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।


१ प्रति नागरिताको सिफारिस फाराम ,२ प्रति फोटो ,सनाकथ गर्ने व्याक्तिको नागरिकता,नागरिकता लिनेको शैक्षिक योग्यताको प्रमाण पत्र ,जन्म दर्ता ,बिबाह दर्ता, बसाई सराई


निबेदन,स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता/मृत्यु दर्ता/बसाईसराई प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो |