FAQs Complain Problems

समाचार

पूर्वीचौकी गा.पा. को प्राकृतिक दृश्य

Read More

Khaptad Lake

Read More

पूर्वीचौकी गाउँपालिका गाउँ सभाको १४ ‍‍औं अधिवेशन वन्द सत्र कार्यक्रम सम्पन्न ।।

Read More

No front page content has been created yet.

पूर्वीचाैकी गाउँपालिकाको एक संछिप्त परिचय

 सुदुरपश्चिम प्रदेश अन्तरगत पूर्वीचौकी गाउँपालिका डोटी जिल्लाको पुर्व तर्फ रहेको छ । जिल्लाको पुर्व तर्फ रहेको हुदा यसको नाम पूर्वीचौकी रहन गएको हो । यस पूर्वीचौकी गाउँपालिकाको स्थापना नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय अनुरुप वि.स. २०७३ साल चैत ०१ गते भएको थियो । यस गाउँपालिकाको मूख्य कार्यालय वडा नं. ४ सानागाउमा रहेको छ । ११७.६५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको गाउँपालिकामा भु-आकृतिक स्वरुप खोलानालाहरु रहेका छन् । यस गाउँपालिकाको तापक्रम बढिमा ३२ डिग्री र न्युनम १० डिग्री रहने गरेको पाइन्छ । वि.स. २०७८ सालको जनगणना अनुसार यस गाउँपालिकाको जनसंख्या महिला१२,२५६ र पुरुष ९,२३८ गरि जम्मा २१,४९४ रहेको छ । विभिन्न जातजाति समुदायका व्यक्तिहरुको बसोबास रहेको यस गाउँपालिकामा मुख्य चाड पर्वको रुपमा दशै, तिहार, होली, भुवा, गौरा, ओल्के, माघि आदि मनाउने गरिन्छ । यस पूर्वीचौकी गाउँपालिकाको शिर स्थान तिर खप्तड राष्ट्रिय निकुञ्ज पर्छ भने तल तिर सेती नदीले छोएको छ ।

  • गाउँपालिकाको स्थापना : वि.स. २०७३ साल चैत ०१ गते
  • कुल क्षेत्रफल : ११७.६५ वर्ग कि.मी
  • जम्मा जनसंख्या : २१४९४ (जनगणना २०७८)
  • राजनैतिक विभाजन : प्रदेश : सुदुरपश्चिम, जिल्ला : डोटी,
  • निर्वाचन क्षेत्र : संघीय : १, प्रदेश : २ (क, ख)
  • सिमाना :
    • पूर्वमा :  अछाम जिल्लाको चौरपाटी गाउँपालिका
    • पश्चिममा : दिपायल सिलगढी नगरपालिका
    • उत्तरमा : सायल गाउँपालिका लगायत खप्त्ड राष्ट्रिय निकुञ्ज
    • दक्षिणमा : सेती नदि र बोगटान फुडसिल गाउँपालिका

जन प्रतिनिधि

अध्यक्ष
9851358666
Email:
ramupadhayay2026@gmail.com
उपाध्यक्ष
9848406932
Email:

कर्मचारी विवरण

प्रमुख प्रशासकिय अधिकृत
9851338111
शाखा अधिकृत
९८५८४४०२३९
सूचना अधिकारी
9858483344
बि.नि.
9848708743

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता
  • सूचना दिने मानिसको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- केशब न्याउपाने
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यलय
सेवा शुल्कः- आर्थिक एन-२०५४ बमोजिम
आवश्यक कागजातहरुः-
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि तथा सक्कल
  •  नागरिकता प्रमाणपत्र
  • जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घरनक्सा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरुको नाम,नाता उल्लेख,
  • योजना तथा शहरी विकास शाखाबाट सम्पत्तीको
  • मुल्याकंन
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • मुल्याकंन अनुसारको कर चुक्ता गर्नु पर्ने ।
सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव,वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कर्यालय
सेवा शुल्कः- १५०
आवश्यक कागजातहरुः-

१ प्रति नागरिताको सिफारिस फाराम ,२ प्रति फोटो ,सनाकथ गर्ने व्याक्तिको नागरिकता,नागरिकता लिनेको शैक्षिक योग्यताको प्रमाण पत्र ,जन्म दर्ता ,बिबाह दर्ता, बसाई सराई 

सेवा प्रकारः-
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव,वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वार्ड कर्यालय
सेवा शुल्कः- ११०
आवश्यक कागजातहरुः-

निबेदन,स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता/मृत्यु दर्ता/बसाईसराई प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो |

जानकारी